काठमाडाैँ । रुपन्देहीको तिलोत्तमा योगीकुटीस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा आलगागी भएको छ । विद्युत् सर्ट भएर मंगलबार राति ९ बजेतिर आगलागी भएकाे हाे ।
यस घटनामा कुनै ठूलो जनधनको क्षति भने नभएकाे जनाइएकाे छ । यद्यपि, आगलागीका कारण अधिकांश क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् आपूर्ति पुनः सुचारु गर्न केही समय लाग्ने बताइएको छ।
बुटवल र तिलोत्तमा नगरपालिकाबाट आएका दुई वटा दमकलले १० मिनेटमै आगलागीलाई पूर्णरुपमा नियन्त्रणमा लिएको थियाे ।