Monday, July 14, 2025
spot_img

 झाँक्रे जलविद्युतमा पहिरोको क्षति

spot_img

Share

spot_img

दोलखाको जिरी नगरपालिका–९ बसेरीस्थित झाँक्रे खोला जलविद्युत परियोजनामा वर्षासँगै आएको पहिरोले टर्बाइनमा क्षति पुर्याएको छ। ६३५ किलोवाट क्षमताको पावर प्लान्टको एक भाग पुरिँदा टर्बाइनमा क्षति पुर्याएकाे छ ।

पहिराेले जलविद्युतकाे टर्वाइन बिग्रीएकाे जिल्ला प्रहरी प्रमुख ज्ञानकुमार महतोले जानकारी दिए । पहिरो पन्छाउने कार्य खिम्ती ग्रामीण विद्युत सहकारी संस्था (केआरईसी) ले स्काभेटरमार्फत गरिरहेको छ ।

पहिले नै उपकरणमा समस्या आएर गत फागुनदेखि बन्द रहेको विद्युत उत्पादनमा पहिरोले थप क्षति पुर्‍याएको हो । विद्युत अवरुद्ध भएपछि केआरईसीले हाल ४०० किलोवाट क्षमताको हलुवा खोलाबाट उत्पादित बिजुली वितरण गरिरहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img