Sunday, June 28, 2026
spot_img

प्राधिकरणका चारवटै ट्रेड युनियनहरु ऊर्जामन्त्रीको विरोधमा

spot_img

Share

spot_img

काठमाडाेेँ । नेपाल विद्युत् प्राधिकरणका चारवटै ट्रेड युनियनहरुले ऊर्जा जलस्राेत तथा सिचाँई मन्त्री दीपक खड्काको विरोधमा उत्रिएका छन् । १० तहदेखि माथिका कर्मचारीको सरुवा, बढुवा, कार्य सम्पादन, बिदादेखि कम्पनीमा काजमा खटाउने अधिकार सञ्चालक समितिमा रहने गरी कर्मचारी विनियमावलीमा गरिएको संशोधन कार्यान्वयन गरेमा त्यसको कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

उनीहरूले प्राधिकरण सञ्चालक समितिको बैठक अवरुद्ध गर्ने चेतावनी दिँदे मन्त्री खड्काले प्राधिकरणका कार्यकारी निर्देशकको अधिकार कटौती गर्न खोजेको आरोप लगाएका छन् ।

उनिहरुले मन्त्रि खड्कालाई ध्यानाकर्षण पत्र लेखी आफूहरुको उक्त माग सुनिश्चितता नभएसम्म सञ्चालक समितिको बैठक सञ्चालनमा अवरोध खडा गर्ने चेतावनी दिएका हुन् ।

 

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img