Monday, March 9, 2026
spot_img

मध्यताँदीमा प्रभु बैंककाे साढे ७१ करोड लगानी

spot_img

Share

spot_img

काठमाडाैँ । नुवाकोट जिल्लाको ताँदी खोलामा निर्माणाधिन मध्यताँदी खोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । दुप्चेश्वर महादेव हाइड्रो कम्पनी प्रालिले निर्माण गरिरहेको ५.५ मेगावाटको आयोजनाका लागि कुल लागत १ अर्ब १० करोड रुपैयाँमध्ये ७१ करोड ४४ लाख रुपैयाँ प्रभु बैंकले लगानी गर्ने भएको छ ।

जलविद्यूत आयोजनाको लगानीका लागि भएको लगानी सम्झौतापत्रमा आयोजनाका तर्फबाट अध्यक्ष अनिल जोशी र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थितिमा प्रोजेक्ट हेड दिपेश पोखरेलले हस्ताक्षर गरेका छन् ।

यो आयोजनाका लागि प्रभु बैंकको तर्फबाट एकल लगानी रहनेछ भने बाँकी लगानी निर्माण कम्पनी दुप्चेश्वर महादेव हाइड्रो कम्पनी प्रा.लि.ले गर्नेछ । आयोजनामा बैंकले ६५ र निर्माण कम्पनीले ३५ प्रतिशत लगानी गर्ने सम्झौता भएको छ ।

नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको वार्ड नं ६ मा आयोजना निर्माण शुरु भइसकेको छ । अहिले सडक, आवासगृह लगयातको निर्माण भइरहेको आयोजनाका प्राविधिक सल्लाहकार इञ्जिनियर सरोज खनालले जानकारी दिए ।

१५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट उत्पादित विद्युत ६ किलोमिटर लामो प्रशारण लाइनमार्फत् नुवाकोटस्थित समुद्रटार सवस्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img