Saturday, June 27, 2026
spot_img

सरकारका ३ पूर्व सचिव रास्वपाकाे विज्ञ सल्लाहकारमा मनाेनित

spot_img

Share

spot_img

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल सरकारका पूर्व सचिवहरूलाई  पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा विज्ञ सल्लाहकारका रूपमा मनोनयन गरेको छ । रास्वपाले ई. देवेन्द्र कार्की, ई. सुशील चन्द्र तिवारी र ई. मधु भेटुवाललाई स्वतन्त्र हैसियतमा पार्टीको विभागलाई आवश्यक परामर्श तथा नीतिगत मार्गनिर्देशन दिनका लागि मनोनयन गरेकाे हाे ।

ई. देवेन्द्र कार्कीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय लगायतका देशको पूर्वाधार क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । ई. सुशील चन्द्र तिवारी पनि जल तथा ऊर्जा आयोग सचिवालय तथा विभिन्न पूर्वाधार मन्त्रालयहरूमा उच्च पदमा रही कार्यानुभव हासिल गरेका छन् । ई. मधु भेटुवाल पूर्व सचिव तथा ऊर्जा तथा जलस्रोत नीतिका विज्ञ हुन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img