काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले देशको दीर्घकालीन समृद्धिमा ऊर्जा तथा जलस्रोत क्षेत्रको योगदानलाई प्राथमिकतामा राख्दै केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा सदस्यहरूको नियुक्ति गरेको छ ।
रास्वपाकाे सदस्यहरूमा वरिष्ठ इन्जिनियर तथा ऊर्जा विज्ञ इ.डा. रामहरी पौड्याल, खानेपानी तथा सरसफाइ क्षेत्रका अनुभवी इन्जिनियर तथा पूर्व सहसचिव चोक प्रसाद धिताल, पूर्व बैंकर तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूकाे संस्था नेपाल (इप्पान) बोर्ड सदस्य सुमन कुमारी जोशी र नेपाल विद्युत प्राधिकरणका पूर्व निर्देशक तथा नेशनल कलेज अफ इन्जिनियरिङका सिभिल इन्जिनियरिङ्ग विभागका प्रमुख इन्जिनियर अम्बिकेश कुमार झा रहेका छन् ।
राजधानीस्थित पार्टी कार्यालयमा आयोजित एक समारोहमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र महामन्त्री कबिन्द्र बुर्लाकोटीको उपस्थितिमा सदस्यहलाई औपचारिक जिम्मेवारी प्रदान गरिएको हो । कार्यक्रममा विभागका विज्ञ सल्लाहकारहरू नेपाल सरकारका पूर्व सचिवत्रयहरू इ. देवेन्द्र कार्की, इ. सुशीलचन्द्र तिवारी र इ. मधु भेटुवालको समेत उपस्थिति थियाे ।
नवनियुक्त सदस्यहरूले आफ्नो जिम्मेवारीलाई नेपालको जलस्रोतको अधिकतम उपयोग गर्दै ऊर्जा सुरक्षाबाट आर्थिक समृद्धिमा रुपान्तरण गर्न रणनीतिक खाका तयार पार्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।








