Sunday, January 18, 2026
spot_img

डाँडाखेत सवस्टेशनको उपकरण जडान अन्तिम चरणमा

spot_img

Share

spot_img

जिल्लाको मालिका गाउँपालिका–७ डाँडाखेतमा नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाअन्तर्गत १३३/३३ केभी, ३० एमभिए क्षमताको एआइएस प्रविधियुक्त सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ ।

उपकरण जडान अन्तिम चरणमा पुगेको यस सवस्टेशनले म्याग्दी नदी र सहायक खोलाका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रीडमा पठाउनेछ । यो आयोजनामा २५ किमि लम्बाइको १३२ केभी डबल सर्किट प्रसारण लाइन र दुईवटा सवस्टेशन निर्माण भइरहेको छ ।

हालसम्म ७९.१७% भौतिक प्रगति भएको छ । राहुघाटमा २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको जिआइएस प्रविधियुक्त सवस्टेशनको संरचना निर्माण सुरु भएको छ ।

कूल लागत रु ४ अर्ब ८८ करोड रहेको यस आयोजनामा विद्युत् प्राधिकरणको रु १ अर्ब ५ करोड र एसियाली विकास बैंकको रु ३ अर्ब ८२ करोड लगानी छ । टावर निर्माणका लागि निजी तथा वन क्षेत्रको जग्गा खरिद÷मुआब्जा वितरण भइसकेको छ ।

राहुघाट क्षेत्रमा १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माणाधीन छन्, जसमा केहीले परीक्षण उत्पादन सुरु गरेका छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img