Sunday, January 18, 2026
spot_img

आसियान स्मार्ट इनर्जी एन्ड इनर्जी स्टोरेज एक्स्पो हुँदै

spot_img

Share

spot_img

काठमाडौँ । आगामी २५ देखि २७ मार्चसम्म थाइल्यान्डको राजधानी बैंककमा ‘आसियान स्मार्ट इनर्जी एन्ड इनर्जी स्टोरेज एक्स्पो २०२६’ (एएसईई–२०२६) आयोजना हुने भएको छ । कम्पास एक्जिविसन कम्पनी लिमिटेड र ग्वाङडोङ ग्रान्ड्युर इन्टरनेशनल एक्जिविसन ग्रुपले संयुक्त रूपमा आयोजना गर्न लागेको यस प्रदर्शनीलाई थाइल्यान्डको ऊर्जा मन्त्रालय, थाइल्यान्ड कन्भेन्सन एन्ड एक्जिविसन ब्युरो -टीसीईबी_लगायत विभिन्न अन्तर्राष्ट्रिय ऊर्जा संघसंस्थाले सहयोग गर्नेछन् ।

एएसईई–२०२६ मा विश्वका ८० भन्दा बढी देशका ऊर्जा क्षेत्रका कम्पनी, विज्ञ र सरोकारवालाको सहभागिता रहनेछ । साथै प्रदर्शनी क्षेत्रफलमा ४०० भन्दा बढी प्रदर्शक तथा १८ हजारभन्दा बढी व्यावसायिक आगन्तुक सहभागी हुने अनुमान गरिएको छ । यसले ६८ करोड जनसंख्या भएको आसियान बजारमा सहज पहुँच दिलाउने आयोजकको अपेक्षा छ

थाइल्यान्डले सन् २०५० भित्र कार्बन न्यूट्रलिटी र २०६५ सम्म नेट–जिरो उत्सर्जन प्राप्त गर्ने लक्ष्य लिएको छ । यसका लागि ऊर्जा उत्पादन र भण्डारण (ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बीईएसएस) मा ठूलो लगानी आवश्यक देखिएको छ ।

हालै सार्वजनिक गरिएको मस्याौदा विद्युत् विकास योजना ( २०२४–२०३७) अनुसार ४७ हजार २५१ मेगावाट क्षमतामा ऊर्जा थप गर्ने योजना रहेको छ, जसमा ३४ हजार ८५१ मेगावाट नवीकरणीय स्रोतबाट हुनेछ ।उक्त एक्स्पोमा सौर्य, वायु, जल, हाइड्रोजन, ब्याट्री, ग्रिड समाधान, स्मार्ट–ग्रिड, ई–मोबिलिटी र ईभी चार्जिङ प्रविधि जस्ता नवीनतम प्रविधि प्रदर्शन गरिनेछ ।

ऊर्जा नीति निर्मातादेखि लगानीकर्ता, अनुसन्धानकर्ता, निर्मातादेखि वितरणकर्ता र परामर्शदातासम्मका सरोकारवालाको ठूलो जमघट हुने अपेक्षा गरिएको छ ।

प्रदर्शनीमा थाइल्यान्डसहित नेपाल, मलेसिया, भियतनाम, भारत, इन्डोनेसिया, जर्मनीलगायतका मुलुकका उद्योग प्रतिनिधि सहभागी हुनेछन् । गत वर्षको संस्करणमा १८५ प्रदर्शक र ९ हजार २ सयभन्दा बढी दर्शक सहभागी भएका थिए ।

थाइल्यान्डको ऊर्जा क्षेत्रमा हालै सुरु भएका ठूला फ्लोटिङ सोलार आयोजना जस्ते भुमिबोल र स्रिनगरिन बाँधमा विकास हुँदै गरेका १५८ मेगावाट र १८० मेगावाट क्षमताका परियोजना—समेत प्रदर्शनीको प्रमुख आकर्षण हुने अपेक्षा गरिएको छ ।

आयोजकहरूले अन्तर्राष्ट्रिय खरिदकर्तालाई आकर्षित गर्न निःशुल्क आवास सुविधा उपलब्ध गराउने बताएका छन् । साथै एशिया, युरोप, अमेरिका र मध्यपूर्वका नवीकरणीय ऊर्जा सम्बन्धी प्रदर्शनीहरूसँग मिलेर प्रचारप्रसार गर्ने तयारी गरिएको छ ।‘आसियान स्मार्ट इनर्जी एन्ड इनर्जी स्टोरेज एक्स्पो २०२६’ लाई दक्षिणपूर्व एशियाली बजार प्रवेश गर्ने अवसर का रूपमा प्रस्तुत गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img