काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पदभर ग्रहण गरेका छन् । आज सिंहदरबार स्थित मन्त्रालयको कार्यकक्षमा उनले पदभर ग्रहण गर्दै डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।
घिसिङलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो । प्राधिकरणमा रहँदा पनि उनले सो बक्यौता महशुल उठाउन खोजेका थिए ।








