काठमाडाैँ । काठमाडाैँकाे पेप्सीखाेलामा प्रसारण लाइनकाे तार चुँडिएकाे छ । पेप्सीखाेलाकाे सडकमाथिबाट पार भएकाे लाइनकाे तार चुँडिदा सवारी व्यवस्थापनमा समस्या भएकाे छ ।
सडकमा गुडिरहेकाे ट्रकले तारमा छुँदा चुँडिएकाे हाे । तारमा बिजुली प्रवाह भइरहेकाे भएपनि केही क्षति भने भएकाे छैन ।
शुत्रबार बिहान तार चुँडिदा सवारी साधनकाे व्यवस्थापनका साथै यात्रुहरूलाइ समेत समस्या भएकाे छ । सडककाे बीचमा तार लत्रिरहेकाेले सवारीकाे जाम समेत बढेकाे छ ।
राजधानी सहर काठमाडौँका सडकमाथिका दायाँबायाँ भागमा तारैतारले जेलिएको दृश्य जताततै देखिन्छ । जेलिएका तारमा विद्युत् सर्ट भई आगलागी हुने घटना बेलाबेलामा भइहेका हुन्छन् । यी तार व्यवस्थित गर्न प्रयास नभएका पनि होइनन् तर यसले सार्थक रूप लिन नसक्दा राजधानी सहर कुरूप भएको छ । बिजुली, टेलिफोन, केबल नेटवर्क, इन्टरनेटलगायतका तार विद्युत्को पोलमाथिबाट लगिएको छ ।









