तनहुँकाे ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सीमाना भएर बग्ने सेतीनदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको काम ५४ प्रतिशत सम्पन्न भएकाे छ ।
आयाेजनाकाे सबै संरचना निर्माणकाे काम तिव्र गतिमा अघि बढेकाे प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रो पावर लिमिटेड जनाएकाे छ । याे आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १४९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ भएकाे छ । मुख्य सुरुङको ब्यास ७.४ मिटर रहने छ । अब मुख्य सुरुङको कंक्रिट लाइनिङ गरिने छ ।





याे पनि पढ्नुहाेस्ः तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’