Thursday, June 25, 2026
spot_img

त्रिवेणी सिन्थेटिकले पहिलो किस्ता बुझाएपछि विद्युत् सेवा पुनः जडान

spot_img

Share

spot_img

काठमाडाैँ । बारा–पर्सा औद्योगिक करिडोरस्थित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रा.लि. ले लोडसेडिङ अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत्‌को प्रिमियम महसुल बक्यौता रकमको पहिलो किस्ता बुझाएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार पहिलो किस्ता बुझाएसँगै बुधबार साँझ कम्पनीको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको हो । प्राधिकरणले गत कात्तिक ४ गते बक्यौता रकम नतिरेपछि त्रिवेणी सिन्थेटिकको विद्युत् सेवा विच्छेद गरेको थियो ।

प्राधिकरणका अनुसार, कम्पनीले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत् बापत ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेको छ। यसमध्ये पहिलो किस्ताका रूपमा कम्पनीले १५ लाख ७१ हजार रुपैयाँ बुझाएको हो।

बक्यौता रकम २८ किस्तामा बुझाउने व्यवस्था गरिएको छ। बाँकी रकम पनि निर्धारित समयसीमाभित्र तिर्ने सहमति भएको प्राधिकरणले जनाएको छ। बक्यौता चुक्ता प्रक्रिया अघि बढेपछि बारा–पर्सा औद्योगिक करिडोरमा विद्युत् आपूर्तिमा सहजता आएको प्राधिकरणको भनाइ छ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img