Thursday, April 9, 2026
spot_img

बुढीगण्डकी जलविद्युत् आयोजना तुरुन्त अघि बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन सम्बन्धित सबै निकायलाई आग्रह गरेका छन् । धादिङ उद्योग वाणिज्य संघद्वारा आयोजित १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा बोल्दै उनले लामो समयदेखि छलफलमा रहेको १,२०० मेगावाट क्षमताको उक्त आयोजना अब ढिलाइ नगरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

अध्यक्ष ढकालले नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताको सहभागितामा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना भइसकेको जानकारी दिँदै, यदि आयोजनामा स्रोतको अभाव देखिए निजी क्षेत्रको तर्फबाट एनडीपीमार्फत लगानी गर्न आफूहरू तयार रहेको स्पष्ट पारे ।

नेपालमा जलविद्युत् विकासको विशाल सम्भावना रहेको उल्लेख गर्दै उनले जलविद्युत् क्षेत्रको विस्तारसँगै खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायिक सम्भावनाहरू पनि उजागर हुने बताए । साथै, धादिङ जिल्लामा रहेका खनिज, कृषि तथा अन्य सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न एनडीपी इच्छुक रहेको उनको भनाइ थियो ।

निजी क्षेत्रले तोकिएको समय, गुणस्तर र बजेटभित्र आयोजना सम्पन्न गर्ने क्षमता राख्ने उल्लेख गर्दै अध्यक्ष ढकालले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा निजी उद्योग, होटल तथा व्यवसायिक प्रतिष्ठानमा भएको क्षतिपछि पनि धेरैजसो व्यवसाय पुनः सञ्चालनमा आइसकेको उदाहरण प्रस्तुत गरे ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img