काठमाडाैँ । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट शेयर निष्काशन अनुमति पाएकाे हाे ।
बाेर्डले माघ २१ गते १:१ को अनुपातमा शेयर निष्काशन गर्न कम्पनीलाई अनुमति दिएको हो । कम्पनीले गत फागुन १२ गते बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति पाएको हो । अब कम्पनीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।
शेयर निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।








