Monday, June 8, 2026
spot_img

डेडिकेटेड र ट्रंक लाइन विवादः पञ्चकन्या प्लास्टिक र स्टीलको उजुरी खारेज

spot_img

Share

spot_img

काठमाडाैँ । विद्युत नियमन आयोगले उपभोक्तासम्बन्धी दुई वटा उजुरीमाथि अन्तिम निर्णय गरेको छ । आयोगले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महसुल बक्यौताका सम्बन्धमा पञ्चकन्या समूहका उद्योगहरूले दायर गरेको उजुरीमा अन्तिम निर्णय गरेको छ ।

आयोगले सार्वजनिक गरेको सूचना अनुसार दर्ता भएका उजुरीहरूको अध्ययन तथा सुनुवाइपछि आयोगले सम्बन्धित पक्षलाई कार्यान्वयनका लागि आदेश दिएको हो । आयोगको इजलासले आज अर्थात चैत १ गते पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टील प्रालिको मागदाबी नपुग्ने फैसला भन्दै उजुरी खारेज गरेको जनाइएकाे छ ।

ती उद्याेगले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत आपूर्ति लिएका उपभोक्तालाई बक्यौता महसुल बुझाउन गरेको निर्णय अन्यायपूर्ण रहेको र त्यसलाई खारेज गरी क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै गत कात्तिक २० गते आयोगमा उजुरी दिएका थिए ।

आयोगको बैठकबाट भएको निर्णयअनुसार उजुरीमा उठाइएका विषयबारे आवश्यक छानबिन तथा कानुनी प्रक्रिया पूरा गरी अन्तिम निर्णय गरिएको जनाइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img