Friday, July 17, 2026
spot_img

याम्बालिङ्ग हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

spot_img

Share

spot_img

काठमाडाैँ । याम्बालिङ्ग हाइड्रो पावर लिमिटेडले निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज (चैत ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक शेयर निष्काशन खुला गरेको थियो ।

कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ । यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सुरक्षित गरिएको हो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्काशन गरिएको यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

यसैगरी, कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेकाे छ । उक्त शेयर खरिदका लागि सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ भने अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन दिने अवधि छिटोमा चैत २२ गते बन्द हुनेछ भने ढिलोमा २०८३ वैशाख ७ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ ।

म्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले सञ्चालन गरिरहेको ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img