Friday, June 5, 2026
spot_img

सर्वसम्मत नेतृत्व चयनका लागि डाँगीको पहल, ५ सदस्यीय टोलीमार्फत सहमतिको प्रस्ताव

spot_img

Share

spot_img

काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी २४औं साधारण सभा तथा आठौं अधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयनलाई सर्वसम्मत बनाउने प्रयास तीव्र पारिएको छ । आगामी २०८३ साल जेठ २९ गते हुने अधिवेशन र विधान संशोधनलाई लिएर मिडियामा विभिन्न कानुनी तथा गैरकानुनी तर्कवितर्कहरू सार्वजनिक भइरहेका बेला संस्थाभित्र सहमतिको नयाँ प्रयास थालिएको हो ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले संस्थाको हित र एकताका लागि सबै विवाद र तर्कवितर्कलाई थाती राख्दै सर्वसम्मत नेतृत्व चयनका लागि ५ सदस्यीय समितिको सार्वजनिक प्रस्ताव गरेका छन् । वरिष्ठ उपाध्यक्ष डाँगीका अनुसार यसअघि अध्यक्ष र आफूले संयुक्त तथा व्यक्तिगत रूपमा सर्वसम्मतिको पहल गरे तापनि हालसम्म त्यो सम्भव हुन सकेको छैन । निर्वाचनभन्दा सहमति नै संस्थाको सुदृढीकरणका लागि उत्तम विकल्प भएको भन्दै उनले नेतृत्व चयनको अन्तिम प्रयत्न गर्न ५ जना शीर्ष व्यक्तित्वहरू सम्मिलित समूहको प्रस्ताव अघि सारेका छन् ।

उनले प्रस्तावित टोलीमा आफू, वर्तमान अध्यक्ष गणेश कार्की , उमेरद्वार नरहेका कास उपाध्यक्ष राम प्रसाद आचार्य, वर्तमान कार्यसमितिमा निरन्तर सक्रिय रहेका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार कृष्णप्रसाद आचार्य र पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईंलाई समेट्न प्रस्ताव गरेका छन् ।

डाँगीले ऊर्जा उद्यमी, सल्लाहकार तथा विज्ञहरूको साझा भावना अनुरूप इप्पानको नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न सबै पक्षलाई सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img