Monday, June 8, 2026
spot_img

२२ दिनका लागि बन्द भयाे रसुवागढी जलविद्युत् केन्द्र, वर्षायामअघि पुनर्स्थापनाका काम गरिने

spot_img

Share

spot_img

काठमाडाैँ । रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–टिमुरेमा सञ्चालनरत १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेड अन्तर्गतको १११ मेगावाटकाे रसुवागढी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन २२ दिनका लागि पूर्ण रूपमा बन्द भएको छ ।

कम्पनीका अनुसार आगामी वर्षायाममा निर्बाध रूपमा पूर्ण क्षमतामा विद्युत् उत्पादन सुनिश्चित गर्न आवश्यक पुनर्स्थापना तथा पुनर्निर्माणका काम सम्पन्न गर्न उत्पादन बन्द गरिएको हो ।

कम्पनीले जनाएको अनुसार २०८२ साल असार २४ गते आएको ठूलो हिमबाढीका कारण केन्द्रका अधिकांश संरचना तथा मेसिन उपकरणमा क्षति पुगेको थियो । त्यसपछि आंशिक पुनर्स्थापना तथा पुनर्निर्माणका काम सम्पन्न गरी हाल केन्द्रका तीनवटै युनिटबाट विद्युत् उत्पादन भइरहेको छ ।

बाँकी रहेका पुनर्निर्माण तथा पुनर्स्थापनाका काम वर्षायाम सुरु हुनुअघि नै सम्पन्न गर्न आवश्यक भएकाले उत्पादन अस्थायी रूपमा रोक्न लागिएको कम्पनीले जनाएको छ । यसका लागि नेपाल विद्युत् प्राधिकरण बाट जेठ २२ गतेदेखि असार १३ गतेसम्म उत्पादन बन्द गर्न स्वीकृति प्राप्त भइसकेको छ ।

कम्पनीका अनुसार कार्यस्थलको वास्तविक अवस्था र कामको प्रगतिका आधारमा उत्पादन बन्द रहने मितिमा आवश्यक परिमार्जन हुन सक्नेछ । पुनर्स्थापना कार्य सम्पन्न भएपछि केन्द्र पुनः पूर्ण क्षमतामा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img