Wednesday, June 17, 2026
spot_img

बंगलादेशमा निर्यात ६० मेगावाट पुर्याउने लक्ष्य अधुरै, भारतले दिएन अनुमति

spot_img

Share

spot_img

काठमाडाैँ । नेपालले यस वर्ष पनि बंगलादेशलाई ४० मेगावाट मात्रै विद्युत् निर्यात गर्ने भएको छ । भारतले आवश्यक स्वीकृति नदिँदा थप २० मेगावाट बिजुली निर्यात गर्ने तयारी तत्कालका लागि रोकिएको हो ।

नेपाल र बंगलादेशबीच यसअघि भएको समझदारीअनुसार हाल निर्यात भइरहेको ४० मेगावाटमा थप २० मेगावाट वृद्धि गरी कुल ६० मेगावाट पुर्याउने योजना थियो । तर भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) ले भारत–बंगलादेश प्रसारण लाइनको क्षमता अभाव देखाउँदै थप निर्यातका लागि स्वीकृति नदिएपछि उक्त योजना कार्यान्वयन हुन सकेन ।

नेपाल विद्युत् प्राधिकरणले थप २० मेगावाट निर्यातका लागि भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) मार्फत औपचारिक प्रक्रिया अघि बढाएको थियो । तर भारतबाट सकारात्मक प्रतिक्रिया नआएपछि १५ जुनदेखि सुरु हुने यस वर्षको निर्यात अवधिमा पनि बंगलादेशले नेपालबाट ४० मेगावाट मात्रै विद्युत् प्राप्त गर्ने भएको हो ।

प्राधिकरणका अनुसार थप विद्युत् निर्यातका लागि भारतको सीईएको स्वीकृतिसँगै नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को निर्णय तथा नयाँ वा संशोधित त्रिपक्षीय सम्झौता आवश्यक पर्नेछ । आगामी जेएससी र संयुक्त कार्यदल (जेडब्लूजी) बैठकले यस विषयमा आवश्यक निर्णय लिनुपर्ने भए पनि हालसम्म बैठकको मिति तय भएको छैन ।

नेपालले पहिलो पटक २०८१ कात्तिकमा बंगलादेशमा विद्युत् निर्यात सुरु गरेको थियो । हाल ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारत र त्यहाँबाट बेहरामपुर–भेडामारा प्रसारण लाइनमार्फत बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ ।

नेपालले बंगलादेशलाई प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले विद्युत् बिक्री गर्दै आएको छ । थप २० मेगावाट निर्यातको स्वीकृति प्राप्त भएमा सोही दरमा बिक्री हुने प्राधिकरणले जनाएको छ । अहिले देशको विद्युत् उत्पादनको जडित क्षमता कुल ४ हजार १७४ मेगावाट रहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img