Friday, July 3, 2026
spot_img

विद्युत् अवरोध भए तत्काल गुनासो गर्न प्राधिकरणको आग्रह

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले अत्यधिक गर्मी, हावाहुरी, वर्षा तथा अन्य प्रतिकूल मौसमका साथै विभिन्न प्राविधिक कारणले देशका केही स्थानमा बेला–बेलामा विद्युत आपूर्तिमा अवरोध तथा असन्तुलन देखिन सक्ने जनाएको छ । यस अवस्थालाई ध्यानमा राख्दै प्राधिकरणले सेवा प्रभावित भएमा वा विद्युतसम्बन्धी गुनासो भए तत्काल हटलाइन नम्बर ११५० वा सम्बन्धित प्रादेशिक कार्यालयमा सम्पर्क गर्न उपभोक्तासँग आग्रह गरेको छ ।

प्राधिकरणद्वारा जारी सूचनामा प्राप्त गुनासोका आधारमा समस्या तत्काल समाधान गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको उल्लेख छ । प्राविधिक, प्राकृतिक तथा आकस्मिक कारणले विद्युत आपूर्तिमा आउने अवरोधबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गर्दै आकस्मिक अवरोधलाई न्यूनिकरण गरी विद्युत आपूर्ति यथाशीघ्र पुनः सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ ।

प्राधिकरणले विश्वसनीय, गुणस्तरीय, सुरक्षित तथा भरपर्दो विद्युत सेवा उपलब्ध गराउने आफ्नो प्रमुख दायित्व रहेको उल्लेख गर्दै विद्युत प्रणाली सुदृढीकरण र सेवाको गुणस्तर अभिवृद्धिका लागि आवश्यक सुधारका काम निरन्तर जारी रहने जनाएको छ ।

विद्युत आपूर्तिसम्बन्धी समस्या परेमा हटलाइन ११५० का साथै सम्बन्धित प्रादेशिक कार्यालय वा वितरण केन्द्रमार्फत पनि सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img