Saturday, September 21, 2024
spot_img

२०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

spot_img

Share

spot_img


काठमाडौं।नेको इन्स्योरेन्स कम्पनीलिमिटेडलेआफैँ अगुवाई गरेर निर्माण गर्न २०० मेगावाटसम्मका जलविद्युत आयोजनाको खोजी गरिरहेको छ । इन्स्योरेन्स कम्पनीले देशको पूर्वाधार विकासमा योगदान पुर्याउने उद्देश्यले ऊर्जा उत्पादनमा लगानी गर्न ५० देखि २०० मेगावाटसम्मका जलविद्युत आयोजनामा खोजी गरिरहेको हो ।

इन्स्योरेन्स कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरी अनुमतिपत्र जारी भइसकेका आयोजना खरिद गर्ने प्रक्रियामा रहेको जनाएको छ ।इन्स्योरेन्स कम्पनीले आयोजना बिक्री गर्न इच्छुक आयोजनाधनी समक्ष २१ दिनभित्र अर्थात आगामी जेठ १३ गतेसम्ममा आशयपत्र पेश गर्न सूचनामार्फत आग्रह गरेको छ ।

सूचनामा भनिएअनुसार इन्स्योरेन्स कम्पनी ५० देखि २०० मेगावाटसम्मका नदी प्रवाही (आरओआर), अर्धजलाशय (पिआरओआर) र जलाशय जलविद्युत आयोजनाको अनुमतिपत्र खरिद गर्न इच्छुक छ ।अनुमतिपत्र बिक्रेताका लागि जलविद्युत आयोजनाको मुख्य सुरुङ बढीमा ८ किलोमिटर हुनुपर्ने तथा विद्युतगृहबाट नेपाल विद्युत प्राधिकरणसम्मको प्रसारण लाइनको दुरी बढीमा २० किलोमिटरसम्म हुनुपर्ने सर्त इन्स्योरेन्स कम्पनीले राखेको छ ।

यस्तै, जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भइसकेको वा पिपिए हुने प्रक्रियामा रहेको हुनुपर्नेछ । विद्युत विकास विभागबाट आयोजनाको उत्पादन अनुमतिपत्र जारी भइसकेको वा जारी हुने प्रक्रियामा रहेको आयोजना धनीले आशयपत्र दिन सक्ने सूचनामा भनिएको छ । साथै, आयोजनाको नेट हेड पनि बढीमा ६०० मिटरसम्मको हुनुपर्ने सर्त इन्स्योरेन्स कम्पनी जलविद्युत आयोजनाको अनुमितपत्र खरिद गर्न राखेको छ ।

आफ्नो जलविद्युत आयोजना बिक्री गर्न चाहाने इच्छुक व्यक्तिले इन्स्योरेन्स कम्पनीको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा शिलबन्दी आशयपत्र दर्ता गराउन सक्ने पनि सूचनामा भनिएको छ । आशयपत्रमा आयोजनाले अहिलेसम्म लिइसकेको अनुमतिपत्र तथा आयोजनाको अहिलेसम्म भएको प्रगतिको विवरण उल्लेख गर्नुपर्ने इन्स्योरेन्स कम्पनीको सर्त छ ।

साथै, आयोजना बिक्री गर्न चाहने व्यक्ति तथा संस्थाले आफ्नो आयोजनाको बिक्री मूल्य पनि आशयपत्रमा नै खुलाएको हुनुपर्ने सूचनामा जनाइएको छ । इन्स्योरेन्स कम्पनीको छनोटमा परेको आशयपत्र अन्तर्गतको जलविद्युत आयोजना खरिद वा लगानीका लागि आवश्यक स्वीकृति प्राप्त भएपछि आयोजना धनीसँग साम्झौता गरी तय भएको मूल्य भुक्तानी गर्ने तथा आयोजनाको स्वामित्व हस्तान्तरण गर्ने कार्य गरिने सूचनामा उल्लेख छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img