काठमाडाैँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निवर्तमान ऊर्जामन्त्री दीपक खड्का नेपाल छाडेर भागिसकेको खुलासा गरेका छन्। नयाँपत्रिका दैनिकमा आइतबार प्रकाशित अन्तरवार्तामा मन्त्री अर्यालले यस्ताे बताएका छन् ।
सरकारले ठुल्ठूला नेताको सम्पत्ति छानबिन सुरू गरेपछि यसअघिका ऊर्जामन्त्री भागेको बताएका हुन् । ‘अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ । अब यहाँ ठुल्ठूला नेताका बारेमा छानबिन सुरु भइरहेको कुरा आइसकेको छ । कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके । अरू पनि भाग्न खोज्दै छन् ।’








