Monday, June 15, 2026
spot_img

कोहलपुर–सुर्खेत प्रसारण लाइन सम्पन्न, भाेलिदेखि परीक्षण

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेकाे कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर-सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त प्रसारण लाइन तत्कालै राष्ट्रिय प्रणालीमा समाहित गरिने जानकारी दिए । त्यसका लागि बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेत जिल्लाको सुब्बाकुनामा निर्माण भएको सबस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत् प्रवाह गरी यही माघ १६ गतेदेखि परीक्षण गरिने उनले बताए ।

प्रवक्ता ढकालका अनुसार परीक्षणपश्चात् प्रसारण लाइन सञ्चालनमा ल्याइने भएकाले सतर्कता अपनाउन आग्रहसमेत गरेको छ । त्यसक्रममा प्रसारण लाइनका टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावर वरिपरि नजान, गाईवस्तुलाई टावर नजिक जान नदिन, खतराका संकेत देखाइएका विद्युत्का संरचनालाई नछुन र बालबालिकालाई समेत टावर नछुन र नजिक जान नदिन आग्रह गरिएको उनले बताए ।

परीक्षणका क्रममा कुनै ठाउँमा झिल्का आएमा वा खतरा देखिएमा प्राधिकरण वा नजिकैको प्रहरीमा जानकारी दिन आग्रह गरिएको प्रवक्ता ढकालले बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img