Saturday, September 21, 2024
spot_img

ठेक्का सम्झाैता भएकाे २७ महिनापछि सुरु भयाे राहुघाट सबस्टेसनकाे काम

spot_img

Share

spot_img

म्याग्दीको रघुगंगा गाउँपालिका-३ राहुघाटमा सवस्टेसनकाे निर्माणको ठेक्का सम्झाैता भएकाे २७ महिनापछि सुरु भएकाे छ । नेपाल विद्युत प्राधिकरणले सबस्टेसन निर्माण गर्न सन् २०२१ को डिसेम्बर ३१ मा सम्झाैता गरेकाे थियाे ।

प्राधिकरणले मालिका गाउँपालिका-७ विम देखि रघुगंगा गाउँपालिका-३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाँउमा सवस्टेशन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता गरेको थियो ।

जनप्रतिनिधि र सरोकारवालाहरुको दबाब तथा आयोजनाको ताकेतापछि ठेकेदार कम्पनीले २७ महिनापछि राहुघाटमा सवस्टेसन निर्माणको काम थालेको जनाइएकाे छ । २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेसनमा भौतिक पूर्वाधार निर्माणका लागि प्रारम्भिक चरणको काम थालिएको छ।  

अम्बाङमा सवस्टेसन बनाउन ५ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो । अबको १५ महिनाभित्र राहुघाट सवस्टेसन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको निर्माण कम्पनी एलएनटीका आयोजना प्रमुख सुवास चन्द्र शर्माले बताए। 

सवस्टेसनमा निर्माणमा भएको ढिलाइका कारण राहुघाट र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत आयोजना अन्यौलमा परेको थियो। म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आवद्ध गराउन एशियाली विकास बैंकको ऋणमा सवस्टेसन र प्रसारण लाइन बनाउन लागिएको हो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img