Friday, March 28, 2025
spot_img

१२८ मेगावाटको तमोर मेवा जलविद्युत् आयाेजनाको शिलान्यास

spot_img

Share

spot_img

काठमाडाैँ । ताप्लेजुङको त्रिवेनी गाउँपालिका र फुङ्लिङ नगरपालिकामा पहिचान भएको १२८ मेगावाटको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । बिहीबार (जेठ १० गते) संविधानसभाका सदस्य सञ्चपाल मादेनद्वारा शिलान्यास गरिएको हो ।

लामो तयारीपछि बहुप्रतिक्षित र बहुचर्चित आयोजनाकाे शिलान्यास संविधानसभाका सदस्य सञ्चपाल मादेनद्वारा कोसी प्रदेशसभा सदस्य खगेनसि हाङगाम, ताप्लेजुङ जिल्ला समन्यव प्रमुख छिरिङ लामा र फुङलिङ नगरपालिकाका मेयर अमीर मादेनको उपस्थितीमा गरिएको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड अध्यक्ष भानेन्द्रकुमार लिम्बुले बताए । उनका अनुसार आयोजना अब निर्माणमा जान लागेको हो ।

नदी प्रवाही आयोजनाको निर्माण सम्पन्न गर्न कुल लागत २४ अर्ब ३२ करोड रुपैयाँ अनुमान गरिएको छ । यसका आधारमा प्रतिमेगावाट लागत १९ करोड रुपैयाँ लाग्नेछ ।

आयोजनाको लागतमध्ये ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ । ‘अहिले आयोजनामा लगानी सम्झौताका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग छलफल प्रक्रिया अघि बढाइसकेका छौ,’ उनले ऊर्जा संचारसँग भने ।

मेवाखोला र तमोर नदीको पानी उपयोग गरी करिव ९ किलोमिटर दुरी बराबरको सुरुङमार्फत उक्त विद्युत क्षमता उत्पादन गर्न लागिएको हो । उत्पादीत विद्युत् ६.५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको हाङपाङ सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

आयोजनाको काम २०८५ असोज २५ गतेभित्र सम्पन्न गर्नुपर्ने तालिका छ । तर, निर्माण सुरु भएको साढे ३ वर्षभित्र आयोजनाबाट विद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।

यो आयोजना सन् २००० डिसेमबर २७ मा सरकारले टेण्डर आह्वान गरी स्पार्क हाइड्रोलाई सर्भे लाइसेन्सका लागि निवेदन दिने शर्त राखेको थियो । सोअनुसार तत्कालीन जलस्रोत मन्त्रालयले २०६२ चैत ७ गते १८ महिनाका लागि सर्वेक्षण अनुमति पत्र जारी गरेको थियो ।

उक्त अवधिमा सर्वेक्षणको सम्पूर्ण कार्य सम्पन्न हुन नसकी कम्पनीले २०६४ असोजमा दस्तुरसहित नवीकरणका लागि दरखास्त दिएको थियो । तर तत्कालीन जलस्रोत मन्त्रालयले नियमानुसार नवीकरण नगरी सो आयोजनाको सर्वेक्षण अनुमतिपत्रको म्याद थप नगरिदिँदा कम्पनीले न्याय प्राप्तिका लागि सम्बन्धित निकायमा लामो समयसम्म संघर्ष गर्नुपरेको थियो । अन्ततः २०६८ वैशाखमा एक वर्षका लागि नवीकरण भयो । नवीकरण अवधिमा कम्पनीले आयोजना अध्ययन, वातावरणीय अध्ययन लगायतका सबै कार्य सम्पन्न गरेर प्रक्रियामा लगेको कम्पनीले जानकारी दिएको छ ।

पिपिए

आयोजनाबाट उत्पादन भएको विद्युत् खरिदका लागि प्रवर्द्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच २०८० असोज मै विद्युत् खरिद सम्झौता (पिपिए) भइसकेको छ । सम्झौता अनुसार प्राधिकरणले आयोजनाबाट उत्पादन भएको विद्युत् वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँ र सुख्खायाममा प्रतियुनिट ८.४० रुपैयाँले खरिद गर्नेछ ।

सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दरको मूल्यवृद्धि वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्य वृद्धि हुनेछ ।

आयोजनाबाट उत्पादन हुने कूल विद्युतीय उर्जा ७११.४३ गिगावाट घण्टा रहेको छ । आयोजनाबाट वर्षायाममा उत्पादन हुने विद्युतीय ऊर्जा क्षमता ६१ करोड ९७ लाख ४० हजार ४ सय २३ किलोवाट घण्टा तथा सुख्खा याममा उत्पादन हुने विद्युतीय ऊर्जा क्षमता ९ करोड १६ लाख ९२ हजार ८ सय ७५ किलोवाट घण्टा रहने जनाइएको छ ।

वर्षायामको अवधि वैशाखदेखि मंसिरसम्म र सुख्खा यामको अवधि पुसदेखि चैत महिनासम्म हुनेछ । आयोजनाले वर्षायाममा कुल उत्पादित ऊर्जाको ६० प्रतिशत सुख्खा याममा र ९० प्रतिशत वर्षायाममा उत्पादन गर्नैपर्छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img