काठमाडाैँ । साझा यातायातले २५ वटा विद्युतीय माइक्रोबस खरिद गर्न टेण्डर खुलाएकाे छ । विद्युतीय बस सञ्चालन गर्दै आएकाे साझाले माइक्रोबस पनि सञ्चालन गर्न यसकाे खरिद प्रकृया अघि बढाएकाे हाे । साझाले सोमबार एक सूचना प्रकाशन गर्दै २५ वटा विद्युतीय माइक्रोबस किन्न टेण्डर खुलाएको छ ।
साझाले विद्युतीय माइक्रोबसका साथै ५ वटा विद्युतीय स्कुटर किन्न पनि टेण्डर खुलाएको छ । विद्युतीय माइक्रोबसको टेण्डरमा सहभागी हुने कम्पनीले ३० लाख रुपैयाँ बिड सेक्युरिटी रकम जम्मा गर्नुपर्ने छ ।
यस्तै स्कुटरको बिड सेक्युरिटी रकम ३० हजार रुपैयाँ तोकिएको छ । इक्छुक कम्पनीले जुलाइ १० भित्र आवेदन बुझाइ सक्नुपर्नेछ ।
प्रि–बिड मिटिङ र टेण्डर खोलिने मिति विद्युतीय माइक्रोबसकै रहेको छ । यसका लगि समय भने छुट्टाछुट्टै निर्धारण गरिएकाे छ ।