Tuesday, July 28, 2026
spot_img

रसुवागढी हाइड्रोपावरमा प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया सुरु

spot_img

Share

spot_img

काठमाडाैँ । रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडले खुला प्रतिस्पर्धामार्फत प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्ति सिफारिस उपसमितिले सूचना प्रकाशित गर्दै योग्य, सक्षम तथा अनुभवी नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

सूचनाअनुसार एक जना प्रमुख कार्यकारी अधिकृतलाई करार सेवामा अधिकतम चार वर्षका लागि नियुक्त गरिनेछ । आवेदन दिने उम्मेदवारले विद्युत, मेकानिकल वा सिभिल इन्जिनियरिङ अथवा बिजनेस एडमिनिस्ट्रेसन विषयमा स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । वैकल्पिक रूपमा सम्बन्धित इन्जिनियरिङ विषयमा स्नातक उत्तीर्ण गरी कम्तीमा १२ वर्षको व्यावसायिक अनुभव भएकाले पनि आवेदन दिन सक्नेछन् ।

जलविद्युत् आयोजना निर्माणसँग सम्बन्धित अधिकृत तह वा सोभन्दा माथिको पदमा काम गरेको तथा जलविद्युत् कम्पनीमा प्रमुख कार्यकारी अधिकृत, कार्यकारी प्रमुख वा वरिष्ठ व्यवस्थापन तहमा काम गरेको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

आवेदकले आवेदन दिने अन्तिम मितिसम्म ४० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ । छनोट प्रक्रिया कार्यविवरण (ToR) अनुसार हुनेछ भने तलब, सेवा–सुविधा तथा अन्य शर्त कम्पनीको प्रचलित नियमअनुसार निर्धारण गरिने जनाइएको छ ।

इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय वा इमेलमार्फत आवेदन बुझाउन सक्नेछन् । आवेदन फाराम र कार्यविवरण कम्पनीको वेबसाइटबाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनीकाे १११ मेगावाटकाे रसुवागढी जलविद्युत् परियाेजना सञ्चालनमा रहेकाे छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img