Thursday, October 10, 2024
spot_img

पानीको बहाव र बाढी पहिरोजन्य विपदको जोखिम, उच्च सर्तकता अपनाउन अनुरोध

spot_img

Share

spot_img

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, लमजुङले विभिन्न नदी तथा कोरिडोरमा पानीको बहाव र बाढी पहिरोजन्य विपदको जोखिम रहेकोले उच्च सर्तकता अपनाउन अनुरोध गरेको छ ।

मर्स्याङ्दी, दोर्दी, ङादी, रुदी, चेपे, मादी, मिदिम लगायतका खोला कोरिडोरमा रहेका विद्युत् आयोजना र वरीपरी रहेको सर्वसाधारणलाई उच्च सर्तकता अपनाउन आवश्यक रहेको जनाएको छ ।

कार्यालयले जलविद्युत् आयोजनालाई पानीको बहाव, सम्भावित बाढी पहिरो जोखिम लगायतका विषयमा आम नागरीकलाई पर्याप्त सूचना दिन र आपतकालीन जानकारीको लागि साइनको व्यवस्था गर्न अनुरोध गरेको छ ।

यसैगरी, विपद आइपरेमा हेभि उपकरण लगायत उद्धारमा प्रयोग हुने समान र जनशक्ति तयारी अवस्थामा राख्न समेत अनुरोध गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img