काठमाडौँ । युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा नविन सिलवाल चयन भएका छन् । सञ्चालक समितिको शुक्रबार (जेठ ३२ गते) बसेको बैठकले सिलवाललाई अध्यक्षमा चयन गरेको हो ।
कम्पनीको गत २७ गते सम्पन्न १०औँ बार्षिक साधारणसभाबाट सिलवाल सञ्चालक समितिमा निर्वाचित भएका थिए । सिलवालसँग जलविद्युत क्षेत्रमा ८ वर्षको अनुभव रहेको छ ।
सिलवालले वित्त विषयमा स्नातकोत्तर गरेका छन् । युवा ऊर्जा उद्यमी सिलवालले ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला हाइड्रो पावर आयोजनाको सुरुवाती चरणदेखि निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जडानसम्मको अनुभव रहेको छ ।
यसैगरी, सञ्चालक समितिको बैठकले कम्पनीको प्रन्बन्ध निर्देशकमा रोमन दंगाललाई नियुक्त गरेको छ ।