Friday, March 28, 2025
spot_img

ठूला क्षमताका २१ आयोजनाको अध्ययन गर्दै विभाग, ४ हजार ५२९ मेगावाट विद्युत् उत्पादन

spot_img

Share

spot_img

काठमाडौँ । विद्युत् विकास विभागले साढे ४ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनको अध्ययन गरिरहेको छ । १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्यसहित अघि बढाइएका यी आयोजना अध्ययनका विभिन्न चरणमा छन् ।

विभागले जलाशय, आंशिक जलाशय र नदी प्रवाही गरी ४ हजार ५ सय २९ मेगावाट क्षमताका २१ जलविद्युत् आयोजना अध्ययन गरिरहेको छ । जलविद्युत् आयोजनाहरूको अध्ययनलाई प्राथमिकतामा राखेर काम गरिरहेको विभागले जनाएकाे छ ।

अहिले ३२९१.३३ मेगावाटका जलाशय, ९६५.२४ मेगावाटको आंशिक जलाशय र २७२.६२ मेगावाटको नदी प्रवाही आयोजनाको अध्ययन भइरहेकाे छ ।

विभागले हाल अध्ययन गरिरहेकोमध्ये सबैभन्दा ठूलो आयोजना खिम्ती शिवालय जलाशययुक्त आयोजना हो जसको क्षमता १२१६ मेगावाट छ । दोलखाको जिरी नगरपालिका र रामेघापको गोकुलगंगा गाउँपालिकामाको सिमा भएर बग्ने खिम्ती खोलामा बाँध बाधेर यो आयोजना बनाउन सकिने प्रारम्भिक अध्ययन देखिएको छ ।

विभागले अध्ययन गरीरहेको दोस्रो ठूलो आयोजना हो ६८४ मेगावाटको हुम्ला कर्णाली क्यासकेड । यो आयोजना हुम्लामा अध्ययन भइरहेको छ । ६२० मेगावाटको कालीगण्डकी मल्टीपर्पोज, ५०० मेगावाटको कालीगण्डकी–२, ३५० मेगावाटको तल्लो बडीगाड लगायतका आयोजना अध्ययनका विभिन्न चरणमा छन् ।

अध्ययन भइरहेका आयोजनाहरूकाे सूची:

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img