Wednesday, April 30, 2025
spot_img

१० हजार मेगावाट बढीका आयोजना निर्माणका विभिन्न चरणमा, सबैभन्दा बढी गण्डकीमा

spot_img

Share

spot_img

काठमाडौँ । विद्युत् विकास विभागले अध्ययन पूरा भएका १० हजार मेगावाट बढी क्षमताका विद्युत् आयोजनाको नाममा उत्पादन अनुमति जारी गरेको छ । विभागले देशका विभिन्न स्थानमा पहिचान भएका सौर्य तथा जलविद्युत् आयोजनालाई उत्पादन अनुमतिपत्र दिएको हो ।

विभागले उत्पादन अनुमतिपत्र जारी गरेका यी आयोजनाहरू अहिले केही निर्माणाधीन तथा केही निर्माणमा जाने प्रक्रियामा रहेको विभागका महानिर्देशक जीबछ मण्डलले बताए । उनका अनुसार यी विद्युत् आयोजनाहरू ६ वटा प्रदेशमा रहेका छन् ।

कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पहिचान भएका आयोजनाले अध्ययन पूरा गरी उत्पादन अनुमतिपत्र लिएको विभागले जानकारी दिएको छ ।

जलविद्युततर्फ १०,००४.८ मेगावाटका २५५ आयोजना र सौर्य ऊर्जातर्फ ९९ मेगावाटका १४ आयोजनाले उत्पादन अनुमति लिई निर्माण प्रक्रिया अघि बढाएका छन् ।

सबैभन्दा बढी गण्डकी प्रदेशका आयोजनाले अनुमति पाएका छन् । यो प्रदेशमा अध्ययन पूरा भएका ३ हजार २०३ मेगावाटका विद्युत् आयोजनाले अनुमति पाएको विभागको तथ्यांकमा छ ।

यसैगरी, कोसीमा २८९९.१ मेगावाट, बागमतीमा २४६८.०४, लुम्बिनीमा ८०.८ मेगावाट, कर्णालीमा १००४.४ र सुदुरपश्चिममा ३४९.२ मेगावाटका आयोजनालाई उत्पादन अनुमतिपत्र दिइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img