काठमाडाैँ । भाेजपुरमा निर्माणाधीन ४.३ मेगावाटकाे फेदी खाेला जलविद्युत आयाेजनामा राष्ट्रिय बाणिज्य बैंकले ऋण लगानी गर्ने भएकाे छ । फेदीखोला हाइड्रो पावर कम्पनी प्रा.लि. र राष्ट्रिय बाणिज्य बैंकका विचमा फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ऋण लगानी गर्न २०८१ साउन १७ गते सम्झौता सम्पन्न भएको छ ।
सम्झौतामा बैंकका तर्फबाट पुर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रवन्ध सञचालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका वाडा नम्बर ६ मा निर्माण भइरहेका फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजनामा सम्झौतामा बैंकका तर्फबाट पुर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रवन्ध सञचालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका वाडा नम्बर ६ मा निर्माण भइरहेकाे फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजनामा बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । कुल अनुमानित लागत ९४ करोड रुपैयाँ रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड रुपैयाँ रहनेछ ।
कम्पनीका अनुसार यहि साउन महिनाको अन्त्यसम्ममा कम्पनीलाई प्रालिबाट लिमिटेडमा परिवर्तन गरि स्वपँजीको ४४ करोड रुपैयाँकाे ३० प्रतिशत अर्थात् १३ करोड २० लाख आईपिओ निष्कासन गर्ने लक्ष्य छ । २०८२ असोज भित्र सम्पन्न हुने यस आयोजनाको लागि आवस्यक सम्पुर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ र सभिलि निमार्ण ठेक्का सम्झौता सम्पन्न भई अहिले सम्मकरिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।