Thursday, January 23, 2025
spot_img

टाटाकाे पन्च इभी सार्वजनिक, नाडामा खरिद गर्दा ८ वर्ष चार्जिङ निशुल्क

spot_img

Share

spot_img

काठमाडाैँ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा भइरहेकाे १६औं टाटा ‘इभी नाडा अटो सो २०२४’ मा पन्च इभीको विक्री वितरण सुरु भएकाे हाे ।

कम्पनीले गाडी सार्वजनिक गरेसँगै शाे मा गाडी किन्दा ८ वर्षसम्म ‘चार्जिङ फि’ नलाग्ने याेजना समेत सार्वजनिक गरेकाे छ ।

‘नाडा अटो शो’ मा गाडी किन्दा ८ वर्षसम्म निशुल्क चार्ज गर्न सकिनेछ । पन्च इभी खरिद गर्ने ग्राहकहरूले टाटाको नेटवर्कमा रहेका सम्पूर्ण चार्जिङ स्टेसनमा निशुल्क चार्ज गर्न सक्नेछन् ।

यो सवारीको मूल्य ३३ लाख ९९ हजार देखि ३८ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ । कम्पनीले यो पन्च इभी मंगलबार सार्वजनिक गरेको हो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img