Thursday, October 10, 2024
spot_img

ढल्केवर–सीतामढी प्रसारण लाइनकाे जग्गा विवाद टुङ्गीयो

spot_img

Share

spot_img

काठमाडाैँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको सक्रियतामा ढल्केवर–सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाईनको जग्गासम्बन्धी विवादले निकास पाएको छ । मन्त्री खड्काले आज सो क्षेत्रको स्थलगत अनुगमन गरी जग्गाको क्षतिपूर्तिसम्बन्धी विवाद निराकराणमा सक्रियता देखाएपछि लामो समयदेखि रहँदै आएको विवादित यो मुद्दाले निकास पाएको हो ।

अरुण तेस्रो जलविद्युत आयोजनाले निर्माण गरेको ढल्केवरदेखि सीतामढीको ४००/२२० केभी डबल सर्किट प्रसारण लाईनको करिब साढे दुई किलोमिटर प्रसारण लाईनले चर्चेको जग्गा (राईट अफ वे)मा विवाद भएपछि मन्त्री खड्का आँफै सो क्षेत्रका सरोकारवालासँग बसेर समस्याको समाधान गरेका हुन् । उक्त समस्या समाधानसँगै लाईन निर्माण तत्काल सुचारु गर्ने सहमति समेत भएको छ ।

मन्त्री खड्काले अरुण तेस्रो जलविद्युत आयोजनाको तर्फबाट ढल्केवर सवस्टेशनमा जडान गर्नुपर्ने ४००/२२० केभी (३१५ एमभीए) को ट्रान्सफर्मर जडान कार्य सुरु गरिसकेकोमा १५ दिनभित्र (टेस्टिङ कमिसनिङ) लगायतका कार्य सम्पन्न गर्न सम्बन्धीत पक्षलाई निर्देशन समेत दिएका छन् । उक्त ट्रान्सफर्मर जडान भएपछि नेपालले एक हजार मेगावाटसम्म विद्युत भारत निर्यात गर्न पाउने गरी नेपाल र भारतबी संयुक्त प्राविधिक संयन्त्रको बैठकमा यसअघि सहमति समेत भइसकेको छ

मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रवल अधिकारीले उक्त समस्या समाधान हुनु अरुण तेस्रो जलविद्युत आयोजनाका लागिमात्र नभएर देशकै लागि पनि अन्तरदेशीय विद्युत व्यापारका दृष्टिकोणले ठूलो उपलब्धि भएको बताए । अरुण तेस्रोबाट उत्पादित विद्युतको २१.९ प्रतिशत अंश नेपाल सरकारले निःशुल्क पाउने व्यवस्था भएकोमा सो बिजुली नेपालभित्र खपतका लागि आवश्यक नपरेमा यसै प्रसारण लाईनबाट भारत निर्यात गर्न सकिनेछ ।

यस्तै, ढल्केवर– मुजफ्पुर प्रसारण लाइनको क्षमता पूर्ण रुपमा उपयोग गरिसकेपश्चात नेपालले यस प्रसारण लाइनबाट पनि प्रसारण शुल्क तिरी विद्युत भारत निर्यात गर्न सक्नेछ । उर्जामन्त्री खड्काले यसका साथै आजै ढल्केवर सव–स्टेशनको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । उर्जामन्त्री खड्काले आज नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्मित ४०० केभीको सव–स्टेशन र विश्व बैंकको सहुलियतपूर्ण ऋण एवम् नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२० र १३२ केभी ढल्केबर सब–स्टेसनको अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।

नेपालकै सबैभन्दा ठूलो ढल्केवर सव–स्टेशन ४०० केभीको जीआईएस प्रविधिबाट निर्माण गरिएको छ । उक्त सवस्टेशनबाट वर्षातको समयमा नेपालबाट भारतमा विद्युत निर्यात र हिँउदमा भारतबाट नेपालमा विद्युत आयत गरिँदै आएको छ । मन्त्री खड्काले यसअघि भदौ १३ गते सिन्धुपाल्चोकको बाह्रविसेमा रहेको बाह्रविसे सवस्टेशनस्थित प्रसारण लाईनको विवादसमेत समाधान गर्नुभएको थियो । मन्त्री खड्कासँगै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले उक्त सवस्टेशनको निरीक्षण गरेका थिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img