काठमाडौँ । अरूण भ्याली हाईड्रो पावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले ३.१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१५७ प्रतिशत नगद गरी कुल ३.१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले लाभांश पारित गर्न २७औँ वार्षिक साधारण सभा कात्तिक १४ गते बोलाएको छ । कम्पनीको सभाले प्रस्ताव पारित गरेपछि वितरण गरिनेछ ।