Sunday, January 19, 2025
spot_img

माथिल्लो मादी-० मा ६ बैंक तथा वित्तीय संस्थाकाे साढे ५ अर्ब ऋण लगानी

spot_img

Share

spot_img

काठमाडौँ । कास्कीको मादी गाउँपालिकामा पहिचान भएको ४३ मेगावाटको माथिल्लो मादी–० जलविद्युत् आयाेजनामा ६ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । अन्नपूर्ण पावर कम्पनीले निर्माण अघि बढाएको आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअनुसार आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाई र ग्लोबल आइएमई बैंकको सह–अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकले ५ अर्ब ६८ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । आयोजनामा ७० प्रतिशत ऋण लगानी र बाँकी ३० प्रतिशत स्वपूँजी लगानी रहनेछ ।

आयोजना निर्माणका लागि सिटीजन्स बैंकले १ अर्ब ५० करोड, ग्लोबल आइएमई बैंकले १ अर्ब २३ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब, लक्ष्मी सनराइज बैंकले ८५ करोड, नेपाल एसविआइ बैंकले ६० करोड र माछापुच्छ्रे बैंकले ५० करोड लगानी गर्नेछन् । आयोजना सम्पन्न गर्न ८ अर्ब १२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनाको काम ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीले जानकारी दिएको छ । आयोजना पूरा भएपछि उत्पादीत विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको लेखनाथ सबस्टेसनमा जोडिनेछ ।

यो आयोजना निर्माण पूरा भएपछि २७०.३५८ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने छ । आयोजनामा ३२०७ मिटर लामो हेडरेस पाइप र ३१५ल मिटर लामो पेनस्टक पाइप रहनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img