Sunday, January 19, 2025
spot_img

एडिबी र नेपालबीच ऊर्जा क्षेत्रमा पाँच दशकभन्दा लामो साझेदारी

spot_img

Share

spot_img

काठमाडौँ । एसियाली विकास बैक (एडिबी) ले नेपाल सरकारसँग ऊर्जा क्षेत्रमा ५० वर्षभन्दा लामो साझेदारी मनाउन फोटो प्रदर्शनीको आयोजना गरेको छ । एडिबी र नेपाल सरकारबीच ऊर्जा क्षेत्रमा साझेदारी मुलुकको विकास र ऊर्जा क्षेत्रको रूपान्तरणमा अघि बढाउन फलदायी भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाईं राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडिबी नेपालका निर्देशक आर्नोड कोस्वा, नर्वेली राजदूतावासकी मिसन उपप्रमुख क्रिस्टिन हेग स्टोरहोल्टले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गरेका छन् ।

उद्घाटनमा बोल्दै ऊर्जा राज्यमन्त्री तामाङले नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पुर्‍याएकोमा एडिबीलाई धन्यवाद दिए । “धेरै सकारात्मक कामहरू भर्खरै सम्पन्न भएका छन्,” उनले भने, “आगामी दिनमा पनि एडिबीले थप सहयोग गर्ने अपेक्षा राखेको छु ।”

“नेपालको ऊर्जा रूपान्तरणमा मुख्य साझेदारको भूमिका निर्वाह गर्न पाउँदा हामीलाई गौरव लागेको छ,” कोश्वाले भने, “नेपाल सरकार र अन्य विकास साझेदारसँग हाम्रो सहकार्यले विद्युतीकरण तथा देशभर नेपालीहरूको जीवनस्तर उकास्नेतर्फ उल्लेख्य प्रगति हासिल गरेको छ ।”

एडिबी र नेपाल सरकारबीच सन् १९७२ मा प्रसारणलाइन परियोजनामा लगानीमार्फत साझेदारी सुरु भएको हो । त्यसयता, विकास साझेदारहरूसँगको सहकार्यमा एडिबीले मुलुकमा जलविद्युत उत्पादन, आधाजति प्रसारणलाइन र एक तिहाइभन्दा धेरै ३३ केभीका वितरण सबस्टेशनहरू विकासमा सहयोग प्रदान गरेको छ ।

नेपालले अहिलेसम्मकै धेरै स्वच्छ ऊर्जा उत्पादन गरी बढ्दो ऊर्जाको माग पूर्ति, ऊर्जा सुरक्षामा सुधार र बचत भएको ऊर्जा निर्यातका लागि आधारशीला निर्माण गरिरहेको छ ।

५० वर्षभन्दा लामो साझेदारीमा एडिबीले नेपालको ऊर्जा क्षेत्रमा धेरै पक्षमा अग्रणी बनेको छ । नेपालको पहिलो सार्वजनिक निजी साझेदारीमा निर्मित सबैभन्दा ठूलो जलविद्युत परियोजना ६० मेगावाटको खिम्ति जलविद्युत परियोजना ऊर्जा क्षेत्रमा एडिबीको सहयोगको कोशेढुंगा हो भने १४४ मेगावाटको कालीगण्डकी “ए” जलिवद्युत परियोजनाले ऊर्जा उत्पादन वृद्धिमा निर्णायक बनेको छ ।

विद्यमान प्राथमिकता १४० मेगावाट तनहुँ जलविद्युत परियोजनाजस्ता जलाशययुक्त परियोजना साथै सौर्य फोटोभोल्टीक प्रणाली, ग्रामीण लघुग्रीड लगायत नवीकरणीय ऊर्जाको विविधिकरण र सबैमा स्वच्छ ऊर्जाको पहुँच सुनिश्चत गर्नेतर्फ केन्द्रित छ ।

एडिबीले नेपाल विद्युत प्राधिकरणको सञ्चालन कार्यसम्पादन तथा कुशलता अभिवृद्धिजस्ता सुधारमा पनि सहयोग प्रदान गरेको छ । पूर्वाधार विकासबाहेक लैंगिक समानता र सामाजिक समावेशीकरण सबैका लागि दिगो ऊर्जाको लक्ष्य हासिल गर्न अभिन्न अंग रहेको एडिबीको मान्यता रहेको छ ।

“एडिबीले नेपालमा ऊर्जा क्षेत्रको थप सुदृढीकरण तथा स्वच्छ ऊर्जातर्फको संक्रमणलाई प्रवर्द्धन, जलवायु अनुकुलन, दिगो व्यावसायिक ढाँचा विकासमार्फत निजी क्षेत्रमा लगानी सहितको लगानी विविधताका लागि नेपाल सरकारलाई निरन्तर सहयोग गर्नेछ” कोश्वाले भने ।

फोटो पत्रकार क्लबसँगको सहकार्यमा आयोजित विशेष फोटो प्रदर्शनी डिसेम्बर ३ देखि ९ सम्म काठमाडौँस्थित नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल) र डिसेम्बर १२ देखि १८ सम्म जनकपुरमा सञ्चालन हुनेछ ।

एडिबी समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया तथा प्रशान्त क्षेत्रको विकासमार्फत चरम गरिबी निवारण पहललाई जारी राख्न प्रतिवद्ध छ । सन् १९६६ मा स्थापना भएको एडिबीमा ६९ सदस्यहरूको स्वामित्व रहेको छ र ती मध्ये ४९ एसिया तथा प्रशान्त क्षेत्रमा छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img