Sunday, January 19, 2025
spot_img

संखुवा खोलामा ४ बैंकले ६१५ करोड ऋण लगानी गर्ने, तालिकाभन्दा ६ महिना अगावै उत्पादन

spot_img

Share

spot_img

काठमाडौँ । संखुवासभा र भोजपुर जिल्लामा निर्माण हुने ४१.०६ मेगावाटको संखुवा खोला जलविद्युत् आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाईमा ४ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । गुराँस हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको हो ।

सोमबार (मंसिर २४ गते) आयोजनामा बैंकहरूले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार आयोजनामा सिटिजन्स बैंकले २९० करोड, एभरेष्ट बैंकले १२५ करोड, नेपाल एसबीआई बैंकले १२५ करोड र सानिमा बैंकले ७५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौता भएको हो । सम्झौतापत्रमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष तर्फबाट शिव प्रसाद घिमिरेले हस्ताक्षर गरे ।

यो आयोजना सम्पन्न गर्न ८२० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी लगानी रहनेछ । २५ प्रतिशत अर्थात २०५ करोड रुपैयाँ स्वपूँजी लगानी रहनेछ ।

नदी प्रवाहमा आधारित यो आयोजनाको काम २०८५ कात्तिक २० गतेभित्र सम्पन्न गर्ने तालिका छ । तर, तालिकाभन्दा ६ महिना अगावै विद्युत् उत्पादन थाल्ने लक्ष्य रहेको अध्यक्ष घिमिरेले बताए ।

विद्युत् विकास विभागले २०७६ असार २४ मा अध्ययन अनुसन्धान, ईआईए समेत गरी सरकारको बास्केटमा राखेको यो आयोजना सबै पूर्वाधार संखुवा नदीको दाहिने किनारमा रहने छन् । यो आयोजना पूरा भएपछि उत्पादीत विद्युत् २२०/१३२ केभी शितलपाटी सबस्टेसनमा जोडिने छ । कम्पनीले यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग २०७६ माघ ९ गते कनेक्सन एग्रिमेन्ट भएको थियो ।

आयोजनाको कार्य अवस्था

कम्पनीले २०८० मंसिर १४ गतेदेखि नै आयोजनास्थलमा काम सुरु गरेको छ । कम्पनीले आयोजनालाई आवश्यक पर्ने जग्गा खरिद गरिसकेको छ । साथै, पावरहाउस, हेडवर्क्स , अडिट, सर्जसाफ्ट, आउटलेट लगायत आवश्यक ठाउँमा पुग्ने पहुँचमार्ग निर्माण सम्पन्न गरीसकेको छ ।

आयोजनालाई आवश्यक कन्स्ट्रंसन पावर, पानी, संचार लगायत सबैका.व्यवस्था गरिसकेको छ । निर्माण सामाग्री, गिट्टी, बालुवा, निजी जग्गा खरिद गरी कसर सञ्चालन गरिरहेको छ । कम्पनीले स्वपूँजी लगानीबाटै यी कार्यहरू गर्दै आएको छ ।

आयोजनाको थप विवरणः

अध्ययन अनुमतिः २०७७ असार २३

ग्रिड कनेक्सन एग्रिमेन्टः २०७७ माघ ९

विद्युत् खरिद सम्झौताः २०८० फागुन ८

उत्पादन अनुमतिः २०८१ मंसिर ७

आयोजनाको कार्य प्रारम्भः २०८० मंसिर १४ बाट

नेपाल सरकार प्राविधिक अध्ययन अनुसन्धान (डि.पी.आर) गराएको कम्पनीः एं.आर.एम.सी-हाइड्रो कन्सल्ट इन्जिनियरीङ जे.भी

गुराँस हाइड्रोले थप प्राविधिक, आर्थिक अध्ययन गराएको कम्पनीः एन्जल इन्जिनियरीङ प्रा.लि

डिजाइन डिस्चार्जः १५.२५ घनमिटर प्रति सेकेण्ड

ग्रसहेडः ३१५.९२० मिटर (बाँधस्थलदेखि पावरहाउससम्मको उचाई)

कूल ऊर्जा उत्पादनः २४०९२९४८६ किलावाट प्रतिघण्टा (वार्षिक)

बाँधको लम्बाईः ४२ मिटर

बाँधको उचाईः ६ मिटर

सुरुङको लम्बाईः ५७१० मिटर

अडिट टनेल लम्बाईः ४०० मिटर

पेनस्टेक पाइपको लम्बाईः ७२५ मिटर

प्रसारण लाइनः ३.७ किलोमिटर

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img