Sunday, January 19, 2025
spot_img

नवीकरणीय ऊर्जा प्रतिस्थापन गर्न बिनाधितो ऋण दिँदै सहकारी

spot_img

Share

spot_img

काठमाडाैँ । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाले नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि बिना धितो ऋण दिने भएको छ । परम्परागत ऊर्जालाई प्रतिस्थापन गर्ने उद्देश्यले सहकारीले सहुलियत दरमा कर्जा उपलब्ध गराउन थालेको हो ।

नवीकरणीय ऊर्जा उपयोग गर्ने उपभोक्तालाई सहकारीले बिना धितो ऋण उपलब्ध गराउने भएको छ । सहकारीले ई–रिक्सा, बायोग्यास, सौर्य ऊर्जा प्रणालीमा आधारित सिँचाइ, सौर्य बत्ती, विद्युतीय चुलोमा ऋण प्रदान गर्ने छ ।

सहकारीले हालसम्म १५० जनालाई विनाधितो नवीकरणीय ऊर्जाका लागि ऋण प्रदान गरिसकेको छ । केन्द्रले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय गरी १ लाख रुपैयाँसम्म कर्जा प्रदान गर्नेछ ।

हालसम्म सबैभन्दा बढी ई रिक्सा खरिद गर्नेहरुले ऋण लिएका छन् । सहकारीका अनुसार सौर्य ऊर्जामा आधारित सिँचाइका लागि ऋण लिनेको संख्या पनि बढी छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img