Thursday, January 23, 2025
spot_img

पर्सामा ७.७ मेगावाटको सौर्य आयोजना निर्माण हुँदै

spot_img

Share

spot_img

काठमाडौं । मधेश प्रदेश अन्तर्गत पर्सा जिल्लामा ७.७ मेगावाटको सेढवा सौर्य विद्युत आयोजना निर्माण हुने भएको छ । तराई सोलार प्रालिले जिल्लाको जिरा भवानी गाउँपालिकामा उक्त क्षमताको सौर्य आयोजना निर्माण गर्ने भएको हो । 

प्रस्तावित आयोजनाको काम अघि बढाउन विद्युत विकास विभागमा आवेदन दिएकाे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभागबाट स्वीकृत प्राप्त भए लगतै आयोजनाको काम अघि बढाइनेछ । कम्पनीले आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्रमा सरोकारवालाई लिखित राय/सुझाव पेश गर्न पनि आग्रह गरेको छ । 

प्रस्तावित आयोजनाका लागि ५.३३ हेक्टर जग्गा आवश्यक पर्ने अध्ययनले देखाएको छ । आयोजनाका सोलार फोटोभोल्टाइक प्यानलहरुबाट डिसी विद्युत निकाली उक्त विद्युतलाई २९५ किलोवाट क्षमताका २६ वटा स्ट्रिङ इन्भर्टर मार्फत ७.७ मेगावाटको विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट वार्षिक १६.५३ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादित विद्युतलाई ३३ केभी प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको सेढवा सब–स्टेसनमा जोडिनेछ । कम्पनीले प्रस्तावित आयोजनाको काम २०८१ चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img