काठमाडाैँ । हाइड्रो इम्पायर प्रालिले म्याग्दी जिल्ला धौलागिरी गाउपालीका वडा नं. ४ भएर बहने म्याग्दी खोलामा निर्माण गरिरहेको माथिल्लो गरिरहेको ३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको विद्युत् गृहको काम १० प्रतिशत पूरा भइसकेको छ । कम्पनीले आयोजना निर्माणको काम २०८२ साल चैत्रभित्र सम्पन्न गर्नेगरी काम गरिरहेको छ ।
यो आयोजना पहिले २० मेगावाटमा निर्माण अघि बढेको थियो । पछि क्षमता विस्तार गरी ३७ मेगावाट पुर्याइएकाे कम्पनीका अध्यक्ष काजी शेर्पाले बताए । कम्पनीकाे यो आयोजना निर्माण पूरा भएपछि उत्पादीत विदयुत नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसनमा जोडिनेछ ।
कम्पनीकाे वार्षिक साधारणसभामा बाेल्दै अध्यक्ष शेर्पाले सबस्टेसन हाल निर्माणको चरणमा रहेको जानकारी दिएका छन् । उनका अनुसार यो सबस्टेसनको काम दुईवर्षभित्र सम्पन्न हुनेछ ।
जलविद्युत् आयोजना निर्माणका लागि वित्तिय व्यवस्थापन सम्पन्न भइसकेको छ । आयोजनामा सिद्धार्थ बैंक लिमिटेडको अगुवाईमा नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एभरेष्ट बैंक र नबील बैंकसँगसम्झौता भइसकेको छ । यो आयोजना सम्पन्न गर्न ७ अर्ब ६३ करोड २९ लाख १४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजना निर्माणका लागि आवश्यक सम्पूर्ण व्यक्तिगत जग्गा खरिद गरिसकेको छ । सरकारी वन क्षेत्रको लागि आवश्यक जग्गा पनि खरिद गरी तयारी अवस्थामा छ । नेपाल सरकार, मन्त्रीपरिषदबाट रुख कटान तथा जग्गा भोगाधिकारको निर्णय भइ सम्झौताको अवस्थामा रहेको र सम्झौता हुनासाथ सो जग्गा पनि सट्टापट्टाको लागि तयारी अवस्थामा छ ।
आयोजनाको हालसम्मको निर्माण प्रगति वितरणः
पहुँचमार्ग शतप्रतिशत निर्माण सम्पन्न भइसकेको छ । आवसगृहको काम २० प्रतिशत पूरा भइसकेको छ । कन्स्ट्रसन पावरको काम शतप्रतिशत निर्माण सम्पन्न भइसकेको छ ।
यसैगरी, हेडवर्स क्षेत्रको डाइभर्सन, इन्टेक, सेटलिङ् बेसिन र अन्य सिभिल संरचनाको काम करिब ५ प्रतिशत पूरा भएको छ । हाइड्रोमेकानिकल तर्फको डिजाइन फाइनल भई ठेक्का आह्वान भइसकेको छ । इलेक्ट्रोमेकानिलको पनि डिजाइन फाइनल भइ ठेक्का आह्वान भइसकेको छ । पावर हाउस क्षेत्रको सिभिलतर्फको काम १० प्रतिशत पूरा भएको छ ।
समस्या र समस्या समाधान गर्न गरिएको प्रयासहरूः
महाभुकम्पको प्रभावः
आयोजनाको विद्युत खरिद विक्री (पीपीए) सम्झौता सम्पन्न भई विद्युत उत्पादन गर्ने प्रकृयाका लागि आवश्यक कार्यहरू भइरहेको अवस्थामा २०७२ सालमा गएको महा–भुकम्पका कारणले यस आयोजनाको सम्पुर्ण भौतिक संरचनाहरू रहने मुख्य स्थानहरू परिवर्तन भई आयोजना पुनः अध्ययन तथा डिजाइन परिवर्तन गर्नुपरेको थियो । जसले गर्दा आयोजनाको क्षमता वृद्धि भई हाल सो आयोजना ३७ मेगावाटमा अघि बढेको छ । यसअघि विद्युत विकास विभागबाट २० मेगावाटका लागि अनुमति लिइएको थियो ।
कोभिड माहामारीको विश्वव्यापी प्रभाव:
कोभिड–१९ को विश्वव्यापी महामारीको अवस्थामा नेपालमा पनि पहिलो पटक मिति ११ चैत्र २०७६ देखि पटकपटक गरिएको वन्दावन्दीले गर्दा आयोजनाको विकासमा असर पर्न गएको थियो ।
आयोजनाको क्षमता विस्तार भई स्विकृत भएको परिमार्जित वातावरणीय प्रतिवेदन अनुसार वन पैदावार तथा सरकारी जग्गा प्राप्त गर्न म.प.वै.स. १२/०८१ मिति २०८१ असार १० मा निर्णय भई हाल सो निर्णयको कार्यान्वयनको चरणमा छ ।