Thursday, February 19, 2026
spot_img

खिम्ती कोरिडोरमा १४० मेगावाटका जलविद्युत् आयोजना

spot_img

Share

spot_img

काठमाडौँ । रामेछाप र दोलखाको सिमाना भएर बग्ने खिम्ती खोलामा १४० मेगावाट बढीका जलविद्युत् आयोजनाहरू विभिन्न चरणमा छन् । निजी जलविद्युत् प्रवर्द्धकहरूले अघि बढाएका यी आयोजनामध्ये केही सञ्चालनमा छन् भने केही निर्माणका चरणमा छन् ।

कोरिडोरमा रहेकामध्ये ४ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । सञ्चालनमा रहेका आयोजनाको क्षमता ८२ मेगावाट रहेको छ । यसैगरी, ४८.८ मेवावाटको एक आयोजना निर्माणाधीन छ भने ९ मेगावाटको एक आयोजना निर्माणमा जाने तयारीमा रहेको छ ।

सञ्चालनमा रहेका आयोजनामध्ये सबैभन्दा ठूलो ६० मेगावाटको खिम्ती–१ जलविद्युत् आयोजना हो । यो निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो आयोजना हो । हिमाल पावर कम्पनीले निर्माण गरेको यो आयोजनाको उद्घाटन राजा विरेन्द्रले २०५७ सालमा गरेका थिए ।

यसैगरी, यही कोरिडोरमा ३ मेगावाटको सानो खिम्ती, १२ मेगावाटको उपल्लो खिम्ती, ७ मेगावाटको माथिल्लो खिम्ती–२ सञ्चालनमा रहेका छन् । हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको माथिल्लो र उपल्लो खिम्तीले २०७७ सालदेखि नै उत्पादन थालेको हो ।

अहिले यो कोरिडोरमा ४८.८ मेगावाटको खिम्ती २ जलविद्युत् आयोजना निर्माणाधीन छ । पिपुल्स इनर्जी प्रालिले निर्माण गरेको यो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको सम्पूर्ण काम सम्पन्न गरेर एक वर्षभित्र उत्पादन थाल्ने कम्पनीको योजना छ ।

यही कोरिडोरमा ९ मेगावाटको खिम्ती घ्वाङ खोला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाइएको छ । १२ मेगावाटको माथिल्लो खिम्ती जलविद्युत् आयोजनाको इन्टेक रहेको क्षेत्र नजिकै यो आयोजनाको पावरहाउस रहने छ ।

निलगंगा हाइड्रो पावर कम्पनी प्रालिले अघि बढाएको यो आयोजना पूरा भएपछि वार्षिक ५०.०७ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादीत विद्युत् नेपाल विद्युत् प्राधिकरणको गर्जाङ सबस्टेसनमा जोडिनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img