Sunday, March 23, 2025
spot_img

‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’  डा.थापासहित १० जनालाई

spot_img

Share

spot_img

काठमाडाैँ । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ । ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट काठमाडाैँ विश्वविद्यालय (केयू)का सहप्राध्यापक एव हाइड्रोजन ल्याव प्रमुख विराजसिंह थापासहित १० जनालाई घाेषणा गरेकाे छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो ।

विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा.विराजसिंह थापा (मोरङ), टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौं) र हरिराम श्रेष्ठ (गोरखा)ले पुरस्कृत घोषित भएका छन् ।

यस्तै चिकित्सा क्षेत्रतर्फ डा.ओम मूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौं) र रामजी अधिकारी (गोरखा) पुरस्कृत भए ।

नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । प्रत्येक वर्ष दुई जना प्रतिभालाई जनही पाँच लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने निर्णय भए पनि कोरोना महामारीका कारण २०७७ सालदेखि उक्त पुरस्कार वितरण हुन सकेको थिएन । सरकारले एकै पटक पाँच वर्षको पुरस्कार १० जनालाई दिने घोषणा गरेको हो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img