Sunday, March 23, 2025
spot_img

सीजी एक्सचेन्ज मेला

spot_img

Share

spot_img

काठमाडाैँ । नेपालको प्रमुख ईभी विक्रेता सीजी मोटर्सले २० फागुनदेखि २७ फागुनसम्म सीजी एक्सचेन्ज मेला आयोजना गरेको छ ।

ईभी एक्सचेन्ज कार्यक्रममा ग्राहकहरूले पुराना सवारी साधनहरूलाई नयाँ इलेक्ट्रिक गाडीहरू साट्न सक्ने लाभदायक अवसर पाउने छन्, जसमा एयोन, एक्स्पेङ, डायुन, र नेटा जस्ता प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डका गाडीहरू समावेश गरिएको छ । थापाथली स्थित आफ्नो शोरूमहरूमा एक्सचेन्ज मेला चलिरहेको कम्पनीले जनाएको छ ।

यस एक्सचेन्ज मेलामा ग्राहकहरूले एक्सचेन्ज बोनस, आकर्षक छुट, निःशुल्क एक्सेसोरीहरू, र सजिलो फाइनान्सिङका विकल्पहरू जस्ता विशेष फाइदाहरू पाउन सक्ने छन् ।

ग्राहकहरूले यस कार्यक्रममा निःशुल्क ७ किलोवाटको चार्जर, एक आर्थिक वर्षको निःशुल्क सवारी कर, र अटो प्लस बीमा पनि प्राप्त गर्नेछन् । सीजी मोटर्सले पुराना गाडीहरूको उत्कृष्ट मूल्यांकन गर्ने भएकाले इलेक्ट्रिक गाडीमा अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि यो उत्कृष्ट अवसर हुनेछ ।

सहभागीहरूको अनुभवलाई थप आकर्षक बनाउँदै कम्पनीले, टेस्ट ड्राइभ गर्ने इच्छुक ग्राहकहरुलाई टेस्ट ड्राइभमा विशेष उपहार पनि प्रदान गरिएको छ । साथै, सहभागीले आईफोन १६ लक्की ड्र मार्फत जित्न सक्नेछन् ।

सीजी मोटर्सको एक्सचेन्ज मेलाले नेपालमा इलेक्ट्रिक सवारी साधनलाई थप प्रवर्द्धन गर्नेछ । ग्राहकहरूले थापाथलीस्थित ब्रान्डका शोरुमहरूमा गई यस सीमित समयको अवसरको फाइदा उठाउन सक्ने छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img