Wednesday, April 30, 2025
spot_img

नेपालको पहिलो इलेक्ट्रिक पिकअप रिडारा सार्वजनिक

spot_img

Share

spot_img

काठमाडाैँ । नेपालमा रिडाराको आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै पहिलो शतप्रतिशत इलेक्ट्रिक पिकअप सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी प्रारम्भिक मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकिएको सवारी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा १० वटा रिडारा गाडी बुकिङ भएको कम्पनीले जनाएको छ । अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको रिडारा फोर ह्‍विलले ईभी पिकअप सेगमेन्टमा नयाँ स्तर स्थापित गरेको छ ।

४२४ किलोमिटरको रेन्ज दाबी गरिएको गाडीमा ७२ किलोवाट आवर क्षमताको ब्याट्री छ । नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै गाडीमा सात फरक-फरक ड्राइभिङ मोडहरू समावेश छन् । ५४० डिग्रीमा घुमेका क्यामेराले यसलाई सहज सुरक्षा सतर्कता अपनाउन मद्दत गर्ने कम्पनीको दाबी छ । २२५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको गाडीमा ६.१ मिटरको टर्निङ रेडियस छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img