काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मौसमी कारण वा हावाहुरीका कारण केही समयका लागि विद्युत आपूर्तिमा समस्या भएको जनाएको छ । यस्तो अवरोधलाई लोडसेडिङको रूपमा व्याख्या गर्नु भ्रामक र अतिरञ्जित हुने जनाएको छ ।
प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै हाल देशका विभिन्न क्षेत्रमा परेको हावाहुरी तथा प्रि-मनसुन वर्षाका कारण केही स्थानमा विद्युत सेवा छोटो समयका लागि अवरुद्ध हुन गएको स्पष्ट पारेको छ ।
यस्तो अवस्थालाई ‘लोडसेडिङ’ भन्नु सत्यपरक नहुने भन्दै सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ ।