काठमाडौँ । कोसी सरकारले बैशाखको १८ र १९ गते प्रदेशस्तरीय लगानी सम्मेलन गर्ने घोषणा गरेको छ । जसमा ऊर्जा क्षेत्रका १२० मेगावाटका आयोजना सोकेसमा रहनेछन् ।
सरकारले बुधबार पत्रकार सम्मेलन गरी १ खर्ब ३९ अर्ब ३० करोड ५२ लाखका ५४ आयोजनालाई सोकेसमा राख्दै लगानी सम्मेलनको घोषणा गरेको छ ।
साकेसमा ऊर्जा क्षेत्रका ५ वटा आयोजना रहनेछ । जसमा सोलुखुम्बुको २० मेगावाटको दुई वटा जलविद्युत् आयोजना छन् । यसैगरी, २० मेगावाटको सौर्य आयोजना पनि सोकेसमा रहने छ । यस आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भइसकेको छ ।
यसैगरी, ७० मेगावाट र १० मेगावाटका दुई सौर्य आयोजना पनि सोकेसमा राख्ने गरी प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
सम्मेलनको सोकेसमा सबैभन्दा बढी औद्योगिक क्षेत्रको आयोजना रहनेछन् । जसमा ६५ अर्ब ४० करोडका ९ वटा आयोजनामा छन् । पर्यटन क्षेत्रको १५ वटा र पूर्वाधार क्षेत्रको १४ वटा आयोजना सोकेसमा रहनेछ ।