Tuesday, August 25, 2026
spot_img

५०० भन्दा बढी ईभी गुडाइरहेकाे सेरेसले थप तीन नयाँ गाडी ल्याउँदै

spot_img

Share

spot_img

काठमाडाैँ । विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपालका सडकहरूमा आफ्ना ५०० भन्दा बढी सेरेस ईभीहरू पुगेको घोषणा गरेको छ । यस अवसरमा सेरेसले एक विशेष केक काट्ने समारोह आयोजना गरेको थियो । कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया र सीईओ प्रशन्न पन्त लगायत प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरियाले नेपालका सडकमा सेरेस गाडीको सङ्ख्या ५०० भन्दा बढी पुग्नु भनेको हाम्रो दायित्व, समर्पण र नेपालको विविधतायुक्त भूगोललाई ध्यानमा राखेर तयार पारिएको भरपर्दो तथा नविनतम ईभी सोलुसन्सको प्रमाण भएकाे बताए ।

सिलिकन भ्यालीबाट सुरु भएको सेरेसले हाल ७० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति कायम गरिसकेको छ र यूरोपमा प्रवेश गर्ने पहिलो चिनियाँ ईभी ब्रान्ड समेत बनिसकेको छ । यस ब्रान्डले अमेरिका, चीन र इन्डोनेसियामा ६ वटा विशाल उत्पादन केन्द्र र अमेरिका, चीन, जर्मनी तथा जापानमा ७ वटा अनुसन्धान तथा विकास केन्द्र सञ्चालन गरिरहेको छ।

सेरेस ग्रुप चीनका नाफामा रहेका थोरै गाडी निर्माता कम्पनीहरूमध्ये एक हो। सन् २०२५ को पहिलो त्रैमासिकमा कम्पनीले १०० मिलियन डलरभन्दा बढी नाफा आर्जन गरेर आफ्नो आर्थिक स्थायित्व र बजारको पकड प्रष्ट पारेको छ ।

अबको योजना अनुसार सेरेस ग्रुपले सन् २०२६ भित्र एम७, उम८ र एम९ गरी तीन नयाँ ईभी मोडलहरू सार्वजनिक गर्नेछ जसले यसको इनोभेटिभ लाइनअपलाई थप विस्तार गर्ने कम्पनीको विश्वास छ ।

सेरेसको गुणस्तर र नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय रूपमा पनि मान्यता मिलिरहेको छ। इन्डोनेसियामा सेरेसले “फेभरेट कार लन्च”, “मोस्ट अफोर्डेबल कार” र “फेभरेट कमर्सियल भेहिकल” जस्ता तीन प्रमुख ईभी अवार्डहरू जितेको छ। यसले कम्पनीको उत्कृष्टता, ग्राहक सन्तुष्टि र कम मूल्यमै विशिष्टता दिन सक्ने क्षमतालाई बलियो बनाएको कम्पनीले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img