काठमाडाैँ । बरुण हाइड्रो पावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले सेयरधनी सदस्यहरूका लागि हकप्रद सेयर निष्काशन गर्न लागेकाे हाे ।
कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको जनाएकाे छ । कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।
सेयरधनी सदस्यहरूले साउन १९ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि आरबिबि मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ ।








