काठमाडाैँ । माविलुङ्ग इनर्जी लिमिटेडले असार २२ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले संखुवासभाका ४.९५ मेगावाटको अपर पिलुवाखोला ३ जलविद्युत आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले संखुवासभाको मादी नगरपालिका वडा नम्बर ७,८,९ र चैनपुर नगरपालिकाको वडा नम्बर २,३,७,८,९ का स्थानीयलाई ३ लाख ८५ हजार ८ सय २४ कित्ता सेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा साउन ४ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन १९ गतेसम्म आवेदन दिन सक्ने छन् ।
त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ५० हजार ४ सय ७१ कित्ता सेयर निष्काशन गर्ने छ । यस समुहमा आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ । यस निष्काशनमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ । त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । सेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।